मठमन्दिर र वातावरण

श्री त्रिपुरा सुन्दरी माई

यस गा.वि.स. मा भगवती श्री त्रिपुरा सुन्दरी माई, भिमेश्वोर्, नातेश्वोर, गणेशलगायत अन्य थुप्रै देवी देवताहरुको मन्दिरहरु रहेको छ । गा.वि.स. को सम्पूर्ण मध्यमार्ग शिखर च्वोका, बुढाबुढी, खालछाय पङ्ग, टक्सिचा हुँदै खागल जस्ता विभिन्न स्थानबाट हिमालय पर्वतको रमणिय दृश्यहरु अवलोकन गर्न सकिन्छ । यस गा.वि.स.को उत्तर पूर्वमा सोले, नार्गा, जुकौसी, दक्षिण पश्चिममा सालको जंगल र गाँउको वरिपरी ( ढोकमासान्, टागौपङ्ग, र जपसिले ) मा सल्लाका विरुवाले ढाकिएको छ । यहाँको यि हरियली बातावरण लोभलाग्दो जंगल र बिभिन्न देवी देवताको मन्दिरहरुको कारणले गर्दा निकट भविश्यमा यस गाँउ पनि एउटा उपयुक्त पर्यटकीय स्थलको रुपमा बिकासित हुने देखिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *